नेकपा (एस)निकट अनेरास्ववियूद्वारा गृहमन्त्रीको पुत्ला दहन (तस्बिरहरू)

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले गृहमन्त्री बालकृष्ण खाणको पुत्ला जलाएको छ ।

गृहमन्त्रालयले छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गतिविधि गर्नेलाई कारबाही गर्ने चेतावनी दिँदै विज्ञप्ति सार्वजनिक गरेपछि त्यसको विरोधमा सोमबार अनेरास्ववियूले गृहमन्त्री खाणको पुत्ला जलाएको हो ।

गृहद्वारा जारी उक्त विज्ञप्तिप्रति अनेरास्ववियूले मिनभवनस्थित नेपाल कमर्स क्याम्पसअगाडि विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शन को क्रममा आन्दोलनकारीले एमसीसीको विरोधमा चर्को नारासमेत लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *