दाजुको हत्या अभियोगमा भाइ पक्राउ

झापा । आफ्नै दाजुको हत्या गरी फरार रहेका झापा कचनकवल- ३ का ३७ वर्षीय रतन राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार बिहान कचनकवल- ३ केचना घर भई हाल विर्तामोड नगरपालिका ४ स्थितमा डेरा गरी बस्ने ५० वर्षीय भात्रु राजवंशी आफू सुत्ने कोठाभित्र मृत अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान गर्ने क्रममा भात्रेका भाइ रतन राजवंशीले मार्तलले हानी हत्या गरेको प्रहरीको प्ररम्भीक अनुसन्धानबाट खुलेको जनाएको छ ।

दाजुको हत्या गरी फरार रहेका रतनलाई खोजतलासमा खटिएको प्रहरी टोलीले मेचीनगरबाट मार्तलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई जिल्ला अदालत झापाबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *