नालीमा लडेर पोखरामा एकजनाको मृत्यु

पोखरा । सुन्दर सहर पोखराको व्यवस्थापन उत्तिकै कुरुप छ । नालीहरू उदाङ्गो छन् । सडकमा खाल्डाखुल्डी छ ।

यसले दुर्घटनाको जोखिम दैनिक बढाइरहेको छ । पोखराको न्युरोडमा सोमबार नालीमा डुबेर एकजनाको मृत्यु भयो ।

पोखरा महानगरको वडा नं ५ र १८ को सिमानास्थित सिमाना मार्गको नालीमा लडेर बेहोस भएका ६७ वर्षीय ईश्वर श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।

उनलाई प्रहरीले उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेको थियो । दैनिकजसो सडक दुर्घटना भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *