नर्भिकको सेवामा शिक्षकहरूले १० प्रतिशत छुट पाउने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्ना सबै सेवामा शिक्षकहरूका लागि एक सातासम्म १० प्रतिशत छुटको अफर घोषणा गरेको छ ।

‘टिचर्स डे’को अवसर पारेर नर्भिक अस्पताललले यस्तो अफरको घोषणा गरेको हो ।

यो अफर आगामी शुक्रबार पर्ने ‘टिचर्स डे’को दिनबाट सुरु भएर एकसातासम्म रहने अस्पतालले जनाएको छ ।

यो अवधिमा कुनै पनि सरकारी तथा निजी विद्यालयका शिक्षकहरुले अस्पतालका सबै खालका सेवामा १० प्रतिशत छुट पाउनेछन् ।

यस्तो अफरमा सहभागी हुनका लागि बिरामी भएर आउने शिक्षकले प्रष्ट परिचय खुल्ने परिचयपत्र भने देखाउनुपर्ने हस्पिटलले जनाएको छ ।

नर्भिकले यसअघि नै बुबाको मुख हेर्ने दिन र तिजको अवसर पारेर विशेष अफर सार्वजनिक गरी कार्यान्वयनमा ल्याइसकेको छ । यी दुई पर्वको अवसरमा सार्वजनिक अफर अहिले पनि चलिरहेको समेत हस्पिटलले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *