पौडेलले कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने

 काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् । आगामी मंसिर ९-१३ मा हुने १४औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने पौडेलको तयारी छ ।
केही दिनमै महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारीमा आफू रहेको पौडेलले जानकारी दिए । १३ औँ महाधिवेशनमा खुलाबाट निर्वाचित २५ जनामध्ये १७ सय ९ मतसहित ५औँ नम्बरमा निर्वाचित भएका पौडेलले १४औँ महाधिवेशनमा महामन्त्री बन्ने योजना बनाएका हुन् ।
कांग्रेसभित्र तेस्रो धारका रुपमा रहेको कृष्णप्रसाद सिटौला समूहबाट उनी महामन्त्रीको उम्मेदवार बन्ने तयारीमा छन् ।
सिटौलाले १४औँ महाधिवेशनमा पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।  सिटौलाले प्रदीपलाई महामन्त्रीको उम्मेदवार बन्न प्रस्ताव गरेका हुन् ।
यसअघि नेता गगन थापाले पनि महामन्त्रीमा उम्मेदवारी दिने भनी घोषणा गरिसकेका छन् भने प्रवक्ता विश्वप्रकाश शर्माले पनि महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *