अफगान मेकअप आर्टिस्ट- तालिबानको निशानामा मजस्तै महिला

तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेकै दिनदेखि त्यहाँका भित्ताहरूमा भएका श्रृङ्गारका सामग्रीका विज्ञापन, बेहुलीको मेकअप र ड्रेसअपका पोस्टरहरू र चित्र सबै हटाइयो । शहरका सबै ब्युटीपार्लर र सैलुन बन्द गरियो ।

केही व्यापारीहरू तालिबानको डरले केही दिन बन्द भएपनि चाँडै खुल्ने प्रतीक्षामा बसिरहेका छन् । तर अरु मेकअप आर्टिस्टलाई भने अब भविष्यप्रतिको चिन्ता र डर छ । तालिबानको डरले लुकेर बसेकी मेकअप आर्टिस्ट अफसुन (नाम परिवर्तन)ले सौन्दर्य उद्योगको महत्व अफगान महिलाहरूलाई कति छ भन्नेबारे बोलेकी छिन् ।

A poster of a bride with her eyes and mouth painted over
दारी भाषाको ‘टकान खोर्डुम’ लाई अन्य भाषामा अनुवाद गर्दा वास्तविक अर्थ आउँदैन । यो शब्दको सामान्य अर्थ जीवनको ठूलो घटनाका कारण आफूलाई ठूलो धक्का पुग्नु भन्ने हुन्छ‚ जस्तो कि आफ्नो सबैभन्दा नजिकको मानिसको मृत्यु हुनु । अफसूनले अगस्ट १५ मा जीवनकै पहिलोपटक ठिक यस्तै घटना अनुभव गरेकी थिइन्‚ अझ भनौँ ‘टकान’ महसुस गरेकी थिइन् । त्यो दिन बिहान १० बजे उनी बिउँझिन् । त्यहि दिन एकाबिहानै आफ्नो ब्युटी सैलुनमा काम गर्ने सहकर्मीले फोन गर्दा उनलाई लागेको थियो – शायद सैलुनकै केहि कामले गर्दा फोन गरेकी होलिनले गर्दा फोन गरेकी होलिन्‚ तर वास्तविकता योभन्दा निक्कै भिन्न थियो ।

उनीसँगै काम गर्ने ब्युटीसैलुनका कामदारको फोनले अफसुनलाई एकाबिहानै उठाएको थियो । त्यसबेलासम्म अफसुनले सैलुनकै कामले गर्दा फोन गरेको होला भन्ने सोचिरहेकी थिइन् ।

‘आज ब्युटीपार्लर नआऊ‚’ अफसुनसँग काम गर्नेले फोन गर्दै भनिन्, ‘अब हामी पार्लर बन्द गर्दैछौँ । सब सकियो ।’ त्यसपछि आफसुन केही हतोत्साहित हुँदै बेडमा बसेर आफ्नो मोबाइल फोन चेक गर्न थालिन् । मोबाइल स्क्रोल गर्दै गर्दा उनले आफ्ना साथी र परिवारका दर्जनौँ म्यासेज आएको देखेर चकित परिन् । सामाजिक सञ्जाल खोलेर हेर्दा सयौँ पोस्टहरूले उनको मनमा अझ डर पैदा गर्‍यो । उनलाई केही पनि सामान्य लागेन ।

अफसुनको मोबाइलमा आएका सबै म्यासेजमा एउटै कुरा लेखिएको थियो, ‘तालिबान अफगानिस्ताको राजधानी काबुलमा प्रवेश गरिसकेका छन् । १६ दिनभित्र विदेशी सेना र तिनका कुटनितज्ञहरूले अफगानिस्तान छोडेर जाने भए ।’

अब अफसुनले आफैसँग एउटै कुरा दाहोर्‍याउन थालिन्, ‘सबै सकियो । अब हामीजस्ता महिलाहरू लुक्ने समय आयो ।’ अफसुन अहिले २१ औँ शताब्दीमा बाँचिरहेकी महिला हुन् । उनी आफूलाई आधुनिक अफगानी महिला ठान्छिन् । अफसुनलाई सामाजिक सञ्जाल प्रयोग गर्न मनपर्छ, सिनेमा हेर्न मनपर्छ । उनी सवारीसाधन चलाउन सक्छिन्, आफ्नो करियरप्रतिको महत्वकांक्षा बोकेर हिँडेकी छ‍न् ।

An Afghan female model with make-up of the Afghanistan flag painted on her face

१९९० को दशकमा जन्मिएकी अफसुनलाई तालिबानले पहिलो पटक अफगानिस्तानमा ब्युटी सजोन तथा पार्लरहरूमा प्रतिबन्ध लगाएको बारे थाहा नै छैन । तर‚ अफगानिस्तानमा हुर्किँदै जाने क्रममा ब्युटिपार्लर उनको जीवनको नियमित पाटो भइसकेको थियो । सन् २००१ मा अमेरिकी नेतृत्वले गरेको आक्रमणपछि जब तालिबानलाई अफगानिस्तानबाट लखेटिएको थियो‚ त्यसपछि काबुलमा मात्रै दुई सयभन्दा बढी ब्यूटीपार्लर र सलोनहरू खुलेका थिए । काबुल बाहिरका अन्य क्षेत्रमा पनि सयौँको संख्यामा पार्लर खुलेका थिए । एक किशोरीको रुपमा अफसुन पत्रपत्रिका र सामाजिक सञ्जालको माध्यमबाट ग्ल्यामरस लुक दिने गर्थिन् । उनी आफ्नै परिवारका अन्य महिलाहरूसँग ब्युटिपार्लर जाने गर्थिन् ।

उनलाई संसारका सबै चिजप्रति प्रेम थियो । किसिम किसिमका रङहरू नङमा पेन्टिङ गर्न, स्मोकी पेन्ट गरी आईलाइनरलाई मोटो ब्रसले फ्रेम गर्न, चम्किलो अनुहार बनाउन, राम्रो‚ नरम र लामो हेयरस्टाईल बनाउन अफसुनलाई खुब मनपर्थ्यो ।

A billboard poster on which the face of a woman has been scratched out

अन्ततः उनले एउटा सफल मेकअप आर्टिस्ट बन्ने सपना पूरा गरेकी थिइन् । उनी त्यती नै चाहन्थिन् । काबुलका अरु ब्यूटिपार्लरमा जस्तै अफसुनको सैलुनको झ्यालमा पनि ग्ल्यामरस र सुन्दर महिलाहरूको पोस्टर ढाकिएको थियो । पोस्टरले गर्दा काबुलको पुरुषप्रधान सडकहरुमा हिँड्ने कसैले पनि अफसुनको सैलुनमा महिलालाई स्थान दिएको हेर्न सक्दैनथ्यो । अफसुनको सैलुनमा कुनै समय दर्जनौँ महिलाहरू सेवा लिन आउँथे । स्टाइलिस बन्नका लागि डाक्टर, पत्रकार, गायक, टिभी स्टार समेत उनको सैलुनमा आउने गर्थे । बेहुलीको श्रृङ्गार गर्न आफ्नी आमासँग विशेष दिनमा सजिएर बाहिर जान महिलाहरू त्यहिँ आउने गर्थे ।

विवाहदेखि ईदजस्ता चाडपर्वमा त पहिल्यै समय लिएर बुक गर्नुपर्थ्यो । अफसुन भन्छिन्, ‘म महिलाहरुलाई प्रेम गर्छु । हामी कहिलेकाहीँ पुरुष नभएको ठाउँमा आनन्दको श्वास फेर्न चाहन्छौँ ।’

तर १५ अगस्ट आइतबार तालिबानले काबुलस्थित राष्ट्रपति भवन कब्जा गरेसँगै अफसुनको वर्षौँदेखिको मेहेनेत माटोमा मिलेको छ । काबुलमा मध्यरात भएको छ । अफसुन हामी (बीबीसी)सँग सानो स्वरमा बोलिरहेकी छिन् । उनी शायद आफ्नो घर छाडेर कुनै सुरक्षित ठाउँमा गइसकेकी हुनुपर्छ ।

अफसुनले भनिन्, ‘सौन्दर्य उद्योगका महिला र त्यसमा पनि मजस्तै महिला‚ जो बाहिर आफ्नो काममा निस्किएका छन्, उनीहरूलाई नै तालिबानले मुख्य निशाना बनाएका छन् ।’

Afghan woman

अफसुनको साथीले उनलाई काममा नआउनू भनेपछि उनले सुनेकी थिइन्‚ महिलाको सुन्दरता व्यक्त गर्ने जुनसुकै पोस्टरको र पेन्टिङका कारण अफगानिस्तानका जनताहरू डराइरहेको बारे ।

अफसुन भन्छिन्, ‘तालिबानहरूले महिलाको घाँटी देखिने कपडा लगाएको कुरा स्वीकार गर्न उनीहरू कहिल्यै तयार नै छैनन् । तालिबानहरूलाई के लाग्छ भने- उनिहरूको विश्वासमा महिलाहरू आकर्षक हुनु र उनीहरूमा कसैको ध्यान जानुहुँदैन ।

‘अब अफगानिस्तानमा सौन्दर्य उद्योगको अन्त्य भएको छ ।’ अफसुनसँग कुनै निमन्त्रणा र कागजपत्र छैन‚ जसले गर्दा उनले काबुल छाड्ने प्लेनमा सिट पाउन पन सक्दिनन् । उनीसँग यो परिस्थितिबाट बाहिर निस्कने कुनै बाटो छैन ।

अफसुन आफ्नो सहकर्मीहरुसँग सम्पर्कमा छिन् । उनीहरूसँग दैनिक कुराकानी गर्छिन् । अफसुनले २४ अगस्टमा अन्तिम भुक्तानी लिएकी थिइन् । अब बाँकी रकम उठ्दैन । पार्लर पूर्ण रुपमा बन्द छ र अब काममा फर्किन पाइनेछैन भन्ने कुरा सबैले बुझिसकेका छन् ।

अफसुन अब आफ्नो भविष्यको बारेमा केही पनि बोल्ने अवस्था नरहेको बताउँछिन् । अब के हुन्छ ? भन्नेबारे उनी अनभिज्ञ छिन् । अब कस्तो लुगाा लगाएर बस्नुपर्ने र बाहिर निस्कन पाइने वा नपाइने भन्ने समेत थाहा छैन । अहिले अफसुनको भविष्यप्रतिको कल्पनामा गाढा कालो रङ पोतिएको छ । उनी मानसिक रुपमा विक्षिप्त भएकी छन् । त्यसबाट बाहिर निस्कन कति समय लाग्ने थाहा छैन ।

अहिले अफसुनले सोचिरहेको एउटा विषय भनेको बाँच्न पाए हुन्थ्यो भन्ने मात्र हो । उनी भन्छिन्, ‘म मृत्युसँग डराएकी होइन‚ तर आतंकित र निराशावादी भएकी छु ।’ प्रत्येक सेकेण्ड म तालिबान मलाई लिन आएको हो कि भन्ने त्रासमै दिन व्यतित गरिरहेकी छु ।

एक अध्ययनका अनुसार अफगानिस्तानमा ८७ प्रतिशत महिलाहरू घरेलु हिंसाको सिकार भएका छन् । सोडाबा हैदारेले राजधानी काबुलको एक स्थलगत भ्रमण गरेका थिए‚ त्यसले महिलाहरूलाई हिंसामुक्त बनाउने आशा गरिएको थियो ।

बिबिसीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *