यी क्षेत्रमा भइरहेको छ भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौँ । अहिले देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले वर्षा भइ्रहेको हो ।

दिउँसो देशभर बदली रही धेरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

राती देशभर रही धेरै स्थानहरुमा वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बाग्मती तथा लुम्बिनी प्रदेशमा मेघगर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *