कैलालीका ३२ जना स्थानीय जनप्रतिनिधिले रोजे नेकपा (एस)

धनगढी । नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा कैलालीका स्थानीय तहका ३२ जना जनप्रतिनिधिले सनाखत गरेका छन् । आइतबारमात्रै १७ जना जनप्रतिनिधीले एमाले छोड्दै नेकपा (एस) मा सनाखत गरेसँगै यो संख्या ३२ पुगेको हो ।

गोदावरी नगरपालिका उपप्रमुख रत्ना कडायतलगायतले सनाखत गरेको एकीकृत समाजवादी कैलालीका नेता विमल जोशीले जानकारी दिए । यस्तै गोदावरी- ५ का वडाध्यक्ष कर्णसिंह बोहरा, गौरीगंगा- २ का वडाध्यक्ष जनक साउद, जिल्ला समन्वय समिति सदस्य ललित साउँद, महोन्याल- ५ का वडाध्यक्ष टेकेन्द्र बोगटी, टिकापुर- १ का वडाध्यक्ष गंगाराम आचार्य, कार्यकारी सदस्य सोभा नागर्जी लगायतले सनाखत गरेका हुन् ।

जिल्ला समन्वय उप्रमुख शुन्दरी देवी चौधरीसहित तीन जना सदस्य, महोन्याल गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पुजा बुढामगरसहित १५ जना जनप्रतिनिधीले यसअघि नै जिल्लास्थित निर्वाचन कार्यालयमा सनाखत गरिसकेका छन् । नयाँ पार्टीमा आउन चाहने बाँकी जनप्रतिनिधीहरुले २१ र २२ गते हस्ताक्षर गर्ने नेकपा (एस)का नेता जोशीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *