कांग्रेस महाधिवेशन सार्ने वैद्यको रिटमाथि भोलि सुनुवाइ

काठमाडौँ नेपाली कांग्रेसको १४औं महाधिवेशन सार्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथि सोमबार (भोलि) मात्रै सुनुवाइ हुने भएको छ । रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीस चोलेन्द्रशमशेर राणाको इजलासमा पेशी तोकिएको थियो । ‘हेर्न नभ्याइने’ मा परेपछि रिटमाथि भोलि मात्रै सुनुवाइ हुने रिटकर्ता वैद्यले जानकारी दिए ।

कोरोना संक्रमणका कारण महाधिवेशन गर्न नहुने र कानूनी रूपमा कांग्रेसको वैद्यता ०७९ साल जेठ ३० गतेसम्म कायम रहने तर्कसहित वैद्यले गत १७ गते रिट दायर गरेका थिए ।

कोरोना हटेपछि भव्य र सभ्य तरिकाले महाधिवेशन गर्नुपर्ने वैद्यको जिकिर छ । वैद्यले भनेका छन्, ‘कांग्रेसको महाधिवेशनले कोरोना नफैलाओस्, कोरोना व्यवस्थापन भइसकेपछि सबै नेपालीले भ्याक्सिन लगाइसकेपछि अनि भव्यताका साथ नेपाली कांग्रेसको महाधिवेशन गरौं त्यसैले त्यो समयसम्म महाधिवेशन स्थगित गरौं भनेर फरियाद गर्न गएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *