मित्रराष्ट्रका प्रधानमन्त्रीको पुत्ला जलाए कारबाही

काठमाडौँ । सरकारले छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गतिविधि गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

आइतबार गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा छिमेकी देशका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउनेगरी नाराबाजी गर्ने‚ जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गरिएकोप्रति आपत्ति जनाउँदै कुनैपनि समस्याको समाधान वार्ता संवाद र कुटनीतिको माध्यमबाट गरिने भन्दै ‘कानून हातमा लिनेलाई कारबाही गर्ने’ जनाएको हो ।

यो पनि : ‘तुइन प्रकरणबारे छानबिन गरियोस्’ (तस्बिरहरू)

‘मित्रराष्ट्रहरूविरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानून हातमा लिनेलाई कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ‚’ गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी नेपालले निकालेको विज्ञप्तिमा भनिएको छ‚  ‘मित्रराष्ट्रसँगको सम्मान र स्वाभिमानमा आँच आउने कुनै पनि गतिविधी नगर्न सबैलाई सचेत गराइन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *