वामदेवद्वारा एमाले परित्याग, दिए राजीनामा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । पार्टी परित्याग गर्दै उपाध्यक्ष गौतमले राजीनामा बुझाएका छन् । गौतमले एमाले मुख्यालय थापाथली पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन् । ‘उहाँले एमाले परित्याग गर्नुभयो,’ सचिव तामाङले मकालुखबरसँग भने, ‘उहाँले घोषणा अस्ति नै गरिसक्नुभएको थियो । आज राजीनामा बुझाउनुभयो ।’

एमालेको ९औं महाधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित भएका गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष नै बनेका थिए । नेकपा विभाजन भएपछि कुनै पनि पक्षमा नलागीकन एकता महाअभियान चलाइरहेका थिए । फागुन २३ पछि गौतमले एमाले एकता महाअधियान नै चलाउँदै आएका थिए ।

पछिल्लो पटक माधवकुमार नेपालले छुट्टै दल दर्ता गरेपछि शुरुमा ‘नेपालसँगै छु’ भनेका गौतमले पछि आफू तटस्थ रहेको सचिवालयमार्फत सन्देश दिएका थिए । नेपालको दल एकीकृत समाजवादीमा सामेल हुनको लागि जबज आफ्नो ‘बटमलाइन्’ बनाएका गौतमले ‘जबज छोड्ने कि नछोड्ने ?’ भन्ने प्रश्नको जवाफ माग्दै आएका छन् ।

०५४ सालमा एमाले विभाजन गरेर नेकपा माले गठन गरेका गौतमले २५ वर्षपछि पुनः एमाले छाडेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *