कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च पुगे नरोत्तम

काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशन रोक्न माग गर्दै बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्य सर्वोच्च अदालत पुगेका छन् । कोभिडसम्बन्धी समस्या अझै उस्तै रहेकोले आफूले केही समयका लागि महाधिवेशन रोक्न माग गरेको सांसद वैद्यले बताए । ‘मैले पूरै रोकौँ भनेको होइन,’ सांसद वैद्यले मकालुखबरसँग भने, ‘कोभिड केही रूपमा व्यवस्थापन भइसकेपछि गरौँ भनेर भनेको हुँ ।’

कोरोना संक्रमणका कारण महाधिवेशन गर्न नहुने र कानूनी रूपमा कांग्रेसको वैद्यता ०७९ साल जेठ ३० गतेसम्म कायम रहने तर्कसहित वैद्य सर्वोच्च पुगेका हुन् । ‘कांग्रेसको महाधिवेशनले कोरोना नफैलाओस्, कोरोना व्यवस्थापन भइसकेपछि सबै नेपालीले भ्याक्सिन लगाइसकेपछि अनि भव्यताका साथ नेपाली कांग्रेसको महाधिवेशन गरौं त्यसैले त्यो समयसम्म महाधिवेशन स्थगित गरौं भनेर फरियाद गर्न गएको हो,’ सांसद वैद्यले भनेका छन् ।

सांसद वैद्यले दिएको रिट निवेदन दर्ता भएको र पेसीसमेत तोकिएको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालकाअनुसार रिट निवेदनमा आइतबारका लागि पेसी तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *