लुम्बिनी प्रदेश सभामा तटस्थ बसेकी थारु भन्छिन्- ‘सभामुखले भनेबमोजिम गरें’

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिन राखेको प्रस्तावमाथिको मतदानको क्रममा एक मत तटस्थमा देखियो । ८० सदस्यीय प्रदेश सभामा सत्तारुढ गठबन्धनसँग ४२ सांसद थिए । माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित अजय शाहीसहित गरेर सत्तारुढ गठबन्धनसँग ४२ सांसद थिए । विपक्षी दल नेकपा (एमाले) सँग ३७ सांसद छन् । यद्यपि एमालेले आजको प्रदेश सभालाई बहिष्कार गर्दै बैठकमा उपस्थिति जनाएन । त्यसो हुँदा केसीको प्रस्तावको विपक्षमा शून्य मत खस्यो ।

विश्वासको मत लिने क्रममा प्रदेश सभाकी उपसभामुखसमेत रहेकी कृष्णी थारु भने तटस्थ रहिन् । किन तटस्थ रहनुभयो ? भन्ने मकालुखबरको जिज्ञासामा थारुले भनिन्, ‘खासमा मलाई मुख्यमन्त्रीजीले विश्वासको मत लिँदै हुनुहुन्छ भन्ने पनि थाहा थिए । मलाई जानकारी नभएको कुरामा म तटस्थ बसेकी हुँ ।’

मुख्यमन्त्री केसीले विश्वासको मत लिने थाहा पाइसकेपछि आफूले सभामुख पूर्णबहादुर घर्तीमगरसँग सोधपुछ गरेको र सभामुख घर्तीमगरले ‘दिए पनि हुन्छ, नदिए पनि हुन्छ’ भनेपछि आफूले तटस्थ बस्ने निर्णय गरेको थारुले बताइन् । ‘उहाँ (सभामुख) ले मत दिएपनि हुन्छ नदिएपनि हुन्छ भनिसकेपछि मैले तटस्थ नै बसेकी हुँ ।’

माओवादी केन्द्र र एमालेको गठबन्धनको तर्फबाट ६६ मत प्राप्त गर्दै उपसभामुखमा निर्वाचित थारुलाई तत्कालीन संघीय समाजवादी फोरम र राष्टिय जनमोर्चाले समर्थन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *