निर्वाचन आयोगले किन पठायो सभामुखलाई पत्र ?

काठमााडौं । निर्वाचन आयोगले सभामुख अग्निप्रसाद सापकोटालाई पत्र पठाएको छ । माधवकुमार नेपाल र महन्थ ठाकुर पक्षले बेग्लाबेग्लै दल दर्ताका लागि निवेदन दिएपछि आयोगले सभामुखलाई पत्र पठाएको हो । दल दर्ताका लागि दिइएको निवदेनमा उल्लेख भएका नेताहरु ‘सोही समूह वा दलका हुन् त ?’ भन्ने जिज्ञासासहितको पत्र सभामुखलाई पठाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मकालुखबरसँग बताए । ‘पत्र पठाइयो,’ प्रवक्ता श्रेष्ठले भने, ‘पछि कुनै खाले समस्या नहोस् भन्नको खातिर यसो गरिएको हो ।’

गत शुक्रबार नेपाल समूहले नेकपा (एकीकृत समाजवादी र ठाकुर समूहले लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवेदन दर्ता गराएका छन् । उक्त निवेदनमा उल्लेख भएका नेताहरु सोही दल वा समूहमा छन् वा छैनन् अथवा उनीहरुको मञ्जुरी छ कि छैन भन्ने प्रश्नको जवाफ आयोगले सभाामुखमार्फत खोजेको हो । यसो गर्दा राजनीतिक रुपमा दल, नेता र आयोगलाई नै पनि सजिलो हुने प्रवक्ता श्रेष्ठको भनाइ छ । पत्रको जवाफ आएपछि आयोगले आवश्यक अध्ययन गर्ने प्रवक्ता श्रेष्ठको भनाइ छ । ‘जवाफ आएपछि थप प्रक्रिया अगाडि बढ्नेछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘आयोगले जवाफ पर्खिरहेको छ ।’

आयोगले आउँदो बुधबार सनाखतका लागि दुवै समूहलाई बोलाएको छ । त्यसअघि जवाफ पाए सजिलो हुने आयोगले जनाएको छ ।

आयोग श्रोतकाअनुसार नेपाललाई संघीय सांसदहरुको संख्याका आधारमा नयाँ दल दर्ता गर्न ३१ सांसद आवश्यक पर्छ भने ठाकुरलाई ७ सांसद भए २० प्रतिशत पुग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *