डिसहोम फाइबरनेट सेवा बनेपामा विस्तार

काठमाडौं । डिसहोम फाइबरनेट सेवा बनेपामा विस्तार गरेको छ । डिसहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौँडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपूर र विराटनगरमा यसअघि नै डिसहोम फाइबरनेटको सेवा पुगिसकेको डिसहोमले जनाएको छ ।

समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिसहोम फाइबरनेट हाल बनेपा पुगेको जनाएको छ । छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगंजलगायत अन्य स्थानमा पनि पुर्‍याइने जनाएको छ ।

डिसहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, डिसहोमका ग्राहकहरूका लागि डिसहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरू, निःशुल्क डिसहोम गो एप एक्स भोडजस्ता विभिन्न सुविधाहरू उपलब्ध रहेको डिसहोम फाइबरनेटले जनाएको छ ।

फाइबरनेटका योजनाहरू १० एमबिपिएसदेखि १०० एमबीपीएससम्म उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *