एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको आग्रहमा बैठक स्थागित भएको नेता सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिए । ‘आजलाई स्थगित भयो,’ नेता नेम्वाङ्गले भने, ‘अब पुनः भोलि बस्छ । उहाँ (नेपाल पक्ष) हरुको आग्रहमा बैठक स्थगित गरिएको हो ।’

यसअघि अध्यक्ष केपी शर्मा ओली पक्ष र नेपाल पक्षका नेताहरुबीच सिंहदरबारमा छलफल भएको थियो । जहाँ, नेपाल पक्षका नेताहरुले बैठक स्थगित गर्न आग्रह गरिएको थियो । अध्यक्ष ओलीले शनिबार (आज) ३ बजेका लागि बोलाएको बैठक पुनः आइतबार (भोलि) ३ बजे बस्नेगरी सारिएको हो ।

संस्थापन पक्षले पार्टी एकताको सवालमा आजको बैठकलाई निर्णायक भन्दै आएको थियो । आजै अध्यक्ष ओलीले ‘माधव नेपाल जस्ताका लागि पार्टीमा ठाउँ छैन’ भन्दै भाषण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *