मन्त्रिपरिषद् बैठक बस्दै, संसद् बैठक बोलाउन सिफारिस गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक बिहीबार (आज) दिउँसो २ बजे सिंहदरबारमा डाकिएको छ । बैठकले पुनःस्थापित प्रतिनिधि सभाको अधिवेशनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नेछ ।

गत असार २८ गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना भएको फैसला सुनाउँदै ७ दिनभित्र संसद् बैठक बोलाउन आदेश दिएको थियो ।  प्रधानमन्त्री देउवाले प्रधानमन्त्री भएसँगै ५ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । कांग्रेसकै बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रका जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनेका छन् ।

यही ५ सदस्यीय मन्त्रिपरिषद् बैठक आज बस्न लागेको हो । यसअघि गत मंगलबार नै पहिलो मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले चैतसम्म सबै नेपालीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *