माओवादी केन्द्र वैधानिक छ : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले माओवादी केन्द्रविरुद्ध परेको निवेदन खारेज गरेको छ । सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलापछि माओवादी केन्द्र त्यागेर एमालेमा गएका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरीलगायतका नेताहरुले माओवादी केन्द्र अवैधानिक भएको भनी खारेजीको माग गर्दै आयोगमा निवेदन दिएका थिए ।

तर, आइतबार (आज) बसेको आयोगको बैठकले माओवादी केन्द्र अस्तित्वमै रहेको निष्कर्ष निकालेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मकालुखबरसँग भने— ‘खारेजको मतलब उक्त निवदेनउपर कुनै पनि हिसाबको निर्णय गर्नुपरेको भनेको हो । र, यसको मतलब माओवादी केन्द्र वैधानिक नै हो भन्ने हो ।’

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र चारै जना आयुक्तहरूको बैठकले आज माओवादी केन्द्र खारेजीलगायतबारे परेको निवेदन खारेज गरिदिएको हो । ‘निवेदनमा गरेअनुसारको दाबी पुग्दैन । दल खारेज हुनुपर्ने कारण अहिले छैन । त्यसकारण निवेदनको सन्दर्भमा कुनै निर्णय गर्नु परेन,’ प्रवक्ता श्रेष्ठले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *