व्यक्ति मन नपर्दा संस्थालाई नमुछौँ : सांसद राई

काठमाडौं । राष्ट्रिय सभा सदस्य विमला पौडेल राईले व्यक्ति मन नपर्दा संस्थालाई नतुकार्न नेताहरुलाई आग्रह गरेका छन् । आइतबार (आज) बसेको राष्ट्रिय सभा बैठकमा भाग लिँदै राईले यस्तो आग्रह गरेकी हुन् । खासगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तर्फलाई इङ्गित गर्दै राईले भनिन्— ‘होला, एउटै व्यक्ति सबैलाई मन पर्दैन । त्यसमा मेरो भन्नु केही छैन । तर, व्यक्तिलाई भन्दैगर्दा उच्च संस्थाप्रति भने सम्मान हुनैपर्छ ।’

यसअघि पत्रकारहरुसँगको छलफलका क्रममा अध्यक्ष प्रचण्डले राष्ट्रपतिको कार्यक्षमतामाथि प्रश्न उठाउँदै ‘बरु राजानै बेस थिए’ भनी अभिव्यक्ति दिएका थिए । अध्यक्ष प्रचण्डको उक्त भनाइलाई लक्षित गर्दै राईले भनिन्— ‘व्यक्ति मन पर्नैपर्छ भन्ने हुँदैन । तर, संस्थाप्रति सम्मान गरौँ ।’

जनयुद्ध, मधेस आन्दोलनलगायतका आन्दोलनहरु त्यही संस्थाका लागि भएको स्मरण गराउँदै राईले व्यक्तिसँग संस्था नजोड्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *