सर्वोच्चको फैसलापछि एमाले एक बन्छ : वामदेव गौतम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सर्वोच्चको फैसलापछि एमाले एकजुट हुने बताएका छन् । आइतबार (आज) बसेको राष्ट्रिय सभाको बैठकमा भाग लिँदै उपाध्यक्ष गौतमले भने— ‘सर्वोच्च अदालतको फैसलापछि एमाले एक हुन्छ । साथीहरुले हिजै भोलि सुखद् समाचार सुन्न पाइन्छ भनेर त भन्नुभयो । तर, अहिलेसम्म केही कुरा आएको छैन । म चाहन्छु, आजै पार्टी मिलोस् । तर, नभएपनि सर्वोच्चको फैसलापछि भने पार्टी एक हुन्छ ।’

यस्तै उपाध्यक्ष गौतमले प्रतिनिधि सभा विघटित अवस्थामा हुँदा राष्ट्रिय सभामा बजेट छलफलदेखि लिएर सार्वजनिक महत्वको विषयमा छलफल चलाउनुपर्ने बताए । राष्ट्रिय सभा स्थायी सभाको भएको स्मरण गराउँदै उपाध्यक्ष गौतमले भने— ‘अस्ति बजेट अध्यादेशबाट आयो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खै कहाँबाट वाचन गर्नुभएको हो । हामीले त टीभीमा हेर्यौँ । तर, त्यो बजेट छलफल राष्ट्रिय सभामा गर्नुपर्थ्यो । राष्ट्रिय सभाले पनि विविध विषयमाथि छलफल गर्ने र निष्कर्ष निकाल्ने सामर्थ्य राख्छ । अब संविधान संशोधन गरेरै भएपनि त्यो व्यवस्था गरौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *