विप्लव समूहका नेता सुदर्शनलाई हृदयघात

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई कारागारमै हृदयघात भएको छ । हृदयघात भएपछि उनलाई बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको आकस्मिक कक्षमा भर्ना गरिएको छ ।

नेता सुदर्शननिकट पत्रकार जन्मदेव जैसीकाअनुसार ‘साइलेन्स हार्ट अट्याक’ भएपछि नेता सुदर्शनलाई अस्पताल भर्ना गरिएको हो । नेता सुदर्शन सुगर, प्रोस्टेट, कोलस्टोरेल, मुटुरोगसहितका समस्याबाट ग्रसित थिए ।

विप्लव समूहले सरकारसँग भएको सहमतिअनुरुप आफ्नो नेता/कार्यकर्ता चाँडो छुट्नुपर्ने बताउँदै आएको छ । गत वर्षको फागुन २० गते सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएको थियो । सहमतिको बुँदामा विप्लव समूहका सबै नेता बिनासर्त रिहा हुनुपर्ने उल्लेख छ ।

उक्त सहमति अक्षरसः कार्यान्वयन हुनुपर्ने भन्दै विप्लव समूहका नेता पटकपटक बालुवाटार पुगेका छन् । यसअघि गत असार २० गते मात्रै समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लगायतका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ‘१० दिनभित्र हाम्रो नेताहरु छुटुन्’ भनेर आग्रह गरेका थिए ।

विप्लव समूह—सरकारबीच भएको समझदारीको ४ महिनासम्म पनि सरकारले केही कदम चालेको छैन । प्रवक्ता प्रकाण्डले सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *