कमजोर कूटनीतिले खोप आएन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले सरकारको कमजोर कूटनीतिका कारण कोरोनाविरुद्धका खोप नआएको बताएका छन् । राष्ट्रिय सभाको बुधबार (आज) बसेको बैठकमा माग लिँदै सांसद देवले यस्तो बताएका हुन् । यस्तै सांसद् देवले सोधेका छन्— ‘किन सरकार फेल भयो ?’

दक्षिण एशियाको सन्र्दभमा अमेरिका सरकारको सहजीकरणमा २५ लाख डोज बंगलादेश र पाकिस्तानलाई उपलब्ध भएको सांसद् देवको भनाइ छ । भुटानलाई डेनमार्क सरकारले कोभ्याक्स स्किमअन्र्तगत २५ लाख डोज भ्याक्सिन पठाउने कुरा भइरहेको तथा श्रीलंकामा पनि अमेरिकी सरकारको संयोजकतामा खोप उपलब्ध गराउने काम भएको उदाहरण दिँदै सरकार किन फेल भयो भनेर प्रश्न गरेका हुन् ।

सांसद् देवले वर्तमान सरकार कमिसन एजेण्टहरूको घेराउमा परेको आरोप लगाए । उनले कमिसनमा कुरा नमिलेका कारण कोभिशिल्ड खोप आउन नसकेको दाबी गरे, भने— ‘कमिसनका कारण पनि कोभिशिल्ड आएन । सरकार यहीँ चुक्यो ।’

यस्तै सांसद् देवले वैदेशिक नीतिको सञ्चालन कच्चा ढंगले गरेकाले नेपाल अहिले एउटा देशसँगको सम्बन्धमा गएर सीमित भएको दाबीसमेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *