चिलीलाई हराउँदै ब्राजिल सेमिफाइनलमा

काठमाडौँ । ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । बिहान भएको खेलमा ब्राजिलले चिलीलाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

ब्राजिलको जितमा लुकास पाक्केटाले खेलको ४६औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा ब्राजिलका गाब्रियल जिससले खेलको ४८औं मिनेटमा रातो कार्ड पाएर मैदान छोडेपछि ब्राजिल १० खेलाडीमा सीमित भएको थियो ।

अब सेमिफाइनलमा पछिल्लो कोपा अमेरिकामा फाइनलमा खेलेका ब्राजिल र पेरुबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *