पारग्वेलाई हराउँदै पेरु समेमिफाइनलमा

काठमाडौँ । पाराग्वेलाई सडन डेथमा ४-३ ले पराजित गर्दै पेरुले कोपा अमेरिकाको सेमिफाइनलमा स्थान पक्का गरेको छ । ओलिम्पिको फुटबल मैदामा भएको खेल निर्धारित ९० मिनेट र अतिरिक्त समय ३-३ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटमा पुगेको थियो ।

पेनाल्टी सुटआउटमा पेरुका जियानलुका लापडुला, भिक्टोर योटुन र रेनाटो टापियाले गोल गर्दा स्याटियागो ओर्मिनो र क्रिस्टियन क्युभा भने चुके । पाराग्वेका लागि एन्जल रोमोरो, जुनियर अलोन्सो र रोबर्ट पेरिसले गोल गर्दा ब्रयान सामुडियो र हेक्टर मार्टिनेजले भने गोल गर्न सकेनन् ।

पेनाल्टी सुट आउट पनि ३-३ को बराबरीमा सकिएपछि खेलको निर्णय सडन डेथबाट लिइएको थियो । जसमा पेरुका मिगुइल ट्राउका सफल हँदा पाराग्वेका एल्बर्टो स्पिनोलाले भने गोल गर्न सकेनन् । पेरुले सेमिफाइनलमा ब्राजिल र चिलीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *