बैरागी काइँलाको स्वास्थ्य सुधारोन्मुख

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति तथा साहित्यकार बैरागी काइँलाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

मस्तिष्कघात भएपछि शुक्रबार काठमाडौंको ओम हस्पिटल भर्ना गरिएका काइँलाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । अहिले अवस्था सामान्य रहेको र परीक्षणहरु भइरहेको अस्पतालले जनाएको हो ।

उनको उपचारमा सिनियर कनस्ल्टयान्ट डाक्टरहरु विश्वनाथ कोइराला, कृष्ण ढुगाना, रुपेशराज जोशी, प्रमेशसुन्दर श्रेष्ठ, सुबोधसागर ढकाललगायत संलग्न छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *