आफूले आफैँलाई प्रेम गर्न बिर्सिनुभएको त छैन ?

हामी कोही अरुलाई सजिलैसँग प्रेम गर्छौ । तर ऐनाको सामु उभिँदा जुन प्रतिबिम्व देखिन्छ, त्यसलाई प्रेम गरिरहेका हुँदैनौँ शायद । हामीलाई थाहा हुन्छ आफू स्वयम्‌लाई पनि प्रेम गर्नुपर्छ भन्ने तर पनि आफूलाई प्रेम गर्न भने सफल भइरहेका हुँदैनौँ । शायद आफैंलाई प्रेम गर्न गाह्रो छ ।

कहिलेकाही आफ्नै शरिर तथा अनुहारको स्वरुप र कहिलेकाहीँ हामीले अन्जानमा लिएको गलत निर्णयको कारण हामी आफैलाई घृणा गरिरहेका हुन्छौ । आफ्नो कमजोर आत्मशक्तीसँग डराउँछौ, यहाँसम्मकी हामी आफैलाई घृणा गर्ने, आफ्नै कुनै समयका काम वा निर्णयलाई समेत मन नपराउने हुन्छौ । यो कुरा घुमाउरो र नबुझिने खालको लाग्न सक्छ । तर सत्य नै यही हो । यो सत्यलाई कसैले पनि अस्वीकार गर्न सक्दैन । मानिसभित्र आफैप्रतिको असुरक्षाको भावना रहेको हुन्छ । जनवरी महिनामा मान्छेमा आफैप्रतिकाे चिन्ता र अफ्ठ्यारो बढ्दै जान्छ । जनवरीमा रात लामो हुन्छ । लामो रात, नयाँ वर्षमा हामी आफैसँग धेरै बाचाहरु गरिरहेका हुन्छौ । अनि फेरी त्यो वर्षभरिमा हामीले आफैसँग गरेका बाचा पुरा गर्न सक्छौ की सक्दैनौ भनेर सोच्न थाल्छौ ।

हो यसरी नै आफूलाई हौसला दिन र विकल्प खोज्न सक्नुपर्छ । जब हामीलाई असफलता मिल्छ त्यतीबेला हामी आफ्नो कमजोरी र दुर्बल पक्ष मात्र नियाल्न थाल्छौ । हाम्रो मन र मस्तिष्कमा नकारात्मक कुरा मात्र हाबी हुन्छन् । आफूमा भएको सकारात्मक कुरालाई नजरअन्दाज गरिदिन्छौ । अनि आफ्नो तुलना हामीलाई ‘पर्फेक्ट’ लागेको व्यक्तिसँग गर्न थाल्छौ ।

यस प्रकारको सोच पुरुषको तुलनामा महिलालाई धेरै आउने बताइएको छ । २०१६ मा ४८ देशका लाखौ महिलामा गरिएको एक अनुसन्धानमा पुरुषको तुलनामा महिलाहरु आफैमा धेरै विश्वास गर्ने गरेको समेत पाइएको थियो । हामीले यो बुझ्न आवश्यक छ की यदी हामीले आफूसँग प्रेम गरेनौ भने हामी अरुलाई पनि प्रेम गर्न सक्दैनौ । त्यसैले हामी सबैले निम्नलिखित कार्यहरुमा आफू कति सक्रिय छु भनेर मूल्याङ्कन गर्नुपर्छ ।

आफैलाई आफ्नो साथी बनाउनुहोस्
एक क्लिनिकल साइकोलोजिस्ट लिन्डा ब्लेयरले हामीले आफैसँग पनि साथित्व कायम गर्नुपर्ने कुरा बताएकी छिन् । उनले हामी जसरी अरुको हेरचाह गर्छौ अरुको कुरा सुन्छौ त्यसरी नै आफैसँग कुरा गर्ने र हेरचाह गर्न सिक्नुपर्ने सुझाव समेत दिएकी छन् । मानौ कुनै दिन हामीले आफ्नो कार्यालयको दिन नराम्रोसँग बितायौ त्यसले गर्दा हामी आफ्नै काम र आफुलाई घृणा गर्न थाल्छौ । हामी आफ्नो काममा पोख्त नभएको भन्दै दोष दिन थाल्छौ । त्यही काम यदी कोही साथीले गरेको छ र उ चिन्तित छ भने हामी उसलाई हौसला र बिकल्पका बाटोहरु देखाउन थाल्छौ ।

त्यो साथी पनि त्यति पर्फेक्ट छैन जो रात दिन सामाजिक सञ्जालमा आफ्नो सबैभन्दा सुन्दर देखिने फोटो पोस्ट गर्छ ।

हो यसरी नै आफूलाई हौसला दिन र विकल्प खोज्न सक्नुपर्छ । जब हामीलाई असफलता मिल्छ त्यतीबेला हामी आफ्नो कमजोरी र दुर्बल पक्ष मात्र नियाल्न थाल्छौ । हाम्रो मन र मस्तिष्कमा नकारात्मक कुरा मात्र हाबी हुन्छन् । आफूमा भएको सकारात्मक कुरालाई नजरअन्दाज गरिदिन्छौ । अनि आफ्नो तुलना हामीलाई ‘पर्फेक्ट’ लागेको व्यक्तिसँग गर्न थाल्छौ । यी सबै कुराले हामीलाई थप निराश बनाउँछ । हामीले यो सोच्न जरुरी छ की यो संसारमा कोही पनि सबै कामको लागि पर्फेक्ट हुँदैन । त्यो साथी पनि त्यति पर्फेक्ट छैन जो रात दिन सामाजिक सञ्जालमा आफ्नो सबैभन्दा सुन्दर देखिने फोटो पोस्ट गर्छ ।

सामाजिक सञ्जालको प्रयोग होसियारीका साथ गरौँ
उस्मर नामका एक लेखकले ‘सेल्फ हेल्प’ बारे धेरै किताब लेखेकी छिन् । उनको एक किताबको नाम ‘सिस बुक विल मेक यू फेयरलेस’ हो । उस्मर भन्छिन्, ‘सामाजिक सञ्जालमा मानिसहरु आफ्नो तुलना अरुसँग धेरै गर्ने गर्छन् ।’ २०१६ मा लगभग २ हजार युवामा गरिएको एक अनुसन्धानमा धेरै सामाजिक सञ्जाल प्रयोग गर्नेमा डिप्रेशनको समस्या देखिएको थियो । त्यसैले हामीले सामाजिक सञ्जालको प्रयोग होसियारीपूर्वक गर्नुपर्छ । एक दिनमा ५ घण्टा भन्दा बढी समय सामाजिक सञ्जालमा बिताउँन नहुने स्वास्थ्यविद् बताउँछन् । अनि हामीले सामाजिक सञ्जालमा अरुसँग तुलना गर्न बन्द गर्नुपर्छ ।

आफ्नो शरिरलाई प्रेम गरौं
आफैलाई घृणा गर्नुको अर्को कारण हाम्रो आफ्नै शरीरप्रतिको कम आकर्षण पनि हो । यो समस्या महिलामा बढी हुने गरेको पाईन्छ । बेलायतमा गरिएको एक अनुसन्धानले त्यहाँको २० प्रतिशत महिला मात्र आफ्नो शरीरप्रति सन्तुष्ट रहेको देखाएको थियो । ‘डव सेल्फ स्टिम’ नामबाट गरिएको एक खोजमा १३ देशका १० हजार ५ सय महिलामा अनुसन्धान गरिएको थियो । नतिजामा अधिकांश महिलाले आफू शारिरीक रुपमा आकर्षण नदेखिने कारण बताउँदै आफूभित्र रहेको प्रतिभालाई लुकाएर राखेको बताएका थिए । त्यसैले हामीले हाम्रो भित्री खुबीलाई चिनेर आफ्नो भौतिक शरीरलाई प्रेम गर्नुपर्छ ।

अधिकांश महिलाले आफू शारिरीक रुपमा आकर्षण नदेखिने कारण बताउँदै आफूभित्र रहेको प्रतिभालाई लुकाएर राखेको बताएका थिए । त्यसैले हामीले हाम्रो भित्री खुबीलाई चिनेर आफ्नो भौतिक शरीरलाई प्रेम गर्नुपर्छ ।

तारिफ लेख्ने बानी बसालौ
आफैलाई प्रेम गर्ने प्रकृयाबारे उस्मर बताउछिन्, ‘अरुले आफ्नोबारे गरेको तारिफलाई लेख्ने बानी बसाल्नुपर्छ । तारिफ छोटो र केही शब्दको मात्र भएपनि त्यसलाई समय पाउँने बित्तिकै लेख्नुपर्छ । यसो गर्नाले केही समयपछि आफैसँग प्रेम गर्नका लागि धेरै शब्दहरु भेटिन्छ । सामान्यतया हामी नकारात्मक कुरा र आलोचना मात्र याद गरेर दिमागमा राख्छौ । यस्तो अवस्थामा हामीसँग राम्रो महसुस गराउने केही शब्द भयो भने हामी आफूलाई प्रेम गर्न छोड्दैनौ ।

आफ्नो महत्व बुझौं
हामीले आफ्नो महत्व बुझ्न जरुरी छ । आफूलाई आफैले सहयोग गर्नु जरुरी छ । हामीले आफ्नो आवश्यकताको पहिचान गरि त्यसलाई पूरा गर्न आफैँले कोशिस गर्नुपर्छ, लागि पर्नुपर्छ । उस्मर भन्छिन्, ‘जब तिमी आफ्नो लक्ष्य प्राप्त गर्न असफल हुन्छौ त्यस्तो समयमा निराश हुनैपर्छ भन्ने हुँदैन । प्रत्येक पटक हामीले आफैलाई दोष दिनु राम्रो कुरा होईन । हामीले यो काम मैले गर्नैपर्छ भनेर आफूलाई सन्तुष्टि नदिने काम गर्नु हुँदैन । आफूलाई खुशी बनाउने काम गर्नुपर्छ । हामीले मलाई यो कामले खुशी र सन्तुष्टि दिन्छ भन्ने खालका कामको लिस्ट बनायौ भने पनि राम्रो महसुस हुन्छ । किनभने हामीले आफुलाई के कामले सन्तुष्ट बनाउँछ पहिचान गर्न जरुरी छ । दबाबमा आएर गरेको कुनै पनि कार्य सफल हुन गाह्रो हुन्छ । हामीले आफू के का लागि हौ भन्ने कुराको खोजी गनुपर्छ ।’

  • बीबीसीबाट
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *