सन्तोषी हत्या प्रकरण : अहिलेसम्म के के पत्ता लाग्यो ?

काठमाडौं । विभिन्न पशुपंक्षीको आवाज निकालेर चर्चित बनेकी सन्तोषी सुब्बाको हत्या अभियोगमा पक्राउ परेका सुरेश तिमल्सिनालाई प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखाले सुब्बाको हत्या अभियोगमा पक्राउ परेका तिमल्सिनालाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार सुब्बा पहिले देखिनै बेलाबेला दक्षिणकाली जाने र विभिन्न पशुपंक्षीका आवाज निकाल्दै डुल्ने गर्दथिन् । त्यही शिलशिलामा मृतक सुब्बा घटनाको अघिल्लो दिन नै दक्षिणकाली गएर बसेको पाइएको छ । विभिन्न चराचुरुङगीको आवाज निकालेर युट्यूबमा चर्चित बन्न थालेपछि उनी त्यसका लागि पनि दक्षिणकाली जाने गरेको पाइएको छ ।

त्यसको भोलिपल्ट अर्थात् असार ६ गते उनी र अभियुक्त तिमिल्सिनाबीच सुब्बा बसेको होटलमा भेट हुन्छ । दिउँसो साढे १२ भेट भएका उनीहरु चार पाँच घण्टा जति चिया खाजा खादैँ गफ गर्दै गर्दा सन्तोषीले आफूलाई खान र बस्न समस्या भएको बताएपछि अभियुक्तले त्यसको व्यवस्था गरिदिने भनि होटलबाट लगेर गएको उनले स्वीकार गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएपी चन्द्रकुबेर खापुङले जानकारी दिए ।

उनीहरु दिनभरी उक्त होटेलमा बसेका र साँझ दक्षिणकाली मन्दिरतर्फ जानेक्रममा अभियुक्तले सन्तोषीलाई यौनसम्पर्कको प्रस्ताव राखेको पाइएको प्रहरीको भनाइ छ । सन्तोषीले अस्वीकार गरेपनि अभियुक्तले जबरजस्ती गर्ने प्रयास गर्दा सन्तोषीले हल्लाखल्ला गरेपछि त्यो आवाज सुनेर अन्य मानिस आउने डरले सन्तोषीको हत्या गरेको पाइएको उनले बताए ।

सन्तोषीको शव शौचालयभित्र नग्न अवस्थामा भेटिएको थियो । उनको घाटीको माला चुँडिएको चप्पल छुटेको र बिभिन्न स्थानमा रगतहरु बगेको पनि देखिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *