कोभिड अपडेट

२,५१८ संक्रमणमुक्त हुँदा संक्रमित र मृतक कति ?

काठमाडौं । नेपालमा बिहीबार थप २ हजार ४ सय ७४ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार २ सय ३५ पीसीआर परीक्षणका क्रममा १ हजार ५ सय ७७ र ४ हजार ९ सय ९७ एन्टीजेन परीक्षणका क्रममा ८९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालका कोरोना संक्रमितको संख्या ६ लाख ५९ हजार ३ सय ६५ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप २४ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ८ हजार ९ सय १८ पुगेको छ । त्यस्तै थप २ हजार ५ सय १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ५ लाख ७० हजार ९ सय ५८ पुगेको छ ।

हाल नेपालमा ४९ हजार ५५५ संक्रमित आइशालेशन र ३८८ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म ३३ लाख २ हजार ७ सय ४९ पिसिआर र १ लाख ६१ हजार ५ सय ४२ वटा एन्टीजेन गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *