संसदीय सुनुवाइबिनै संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

लोकसेवा आयोगमा रेग्मी

कठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त गरेकी छन् । जसअन्तर्गत लोक सेवा आयोगमा माधव रेग्मी नियुक्त भएका छन् ।

राष्ट्रपति भण्डारीले संसदीय सुनुवाइबिनै लोकसेवा आयोगसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरेका हुन् ।

संवैधानिक परिषद्को वैशाख अन्तिम साता बसेको बैठकको सिफारिसपछि राष्ट्रपति भण्डारीले २० पदाधिकारी नियुक्त गरेकी हुन् ।

को कहाँ नियुक्त भए ?

क्र.सं.कानूनी व्यवस्थानाम थरनियुक्त गरिएको पदनियुक्त गरिएको निकाय
१.संविधानको धारा २३८ को उपधारा (२)डा. हरि पौडेल, बाग्लुङआयुक्तअख्तियार दुरूपयोग अनुसन्धान आयोग
२.डा. सुमित्रा श्रेष्ठ (ब्यान्जू), ललितपुरआयुक्तअख्तियार दुरूपयोग अनुसन्धान आयोग
३.संविधानको धारा २४२को उपधारा (२)श्री माधब प्रसाद रेग्मी, झापाअध्यक्षलोक सेवा आयोग
४.श्री माधव वेल्बासे, कपिलवस्तुसदस्यलोक सेवा आयोग
५.श्री बीर बहादुर राई, इलामसदस्यलोक सेवा आयोग
६.श्री दिनेश सिलवाल, ललितपुरसदस्यलोक सेवा आयोग
७.श्री मञ्जु कुमारी, महोत्तरीसदस्यलोक सेवा आयोग
८.संविधानको धारा २४५ को उपधारा (२)श्री सगुन शम्शेर जं. वा. राणा, रूपन्देहीनिर्वाचन आयुक्तनिर्वाचन आयोग
९.संविधानको धारा २५० को उपधारा (२)श्री विपिन राज निरौला, पाँचथरसदस्यराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
१०.संविधानको धारा २५२ को उपधारा (२)श्री जया घिमिरे, धनुषासदस्यराष्ट्रिय महिला आयोग
११.श्री सावीत्रा कुमारी शर्मा, पर्वतसदस्यराष्ट्रिय महिला आयोग
१२.संविधानको धारा २५५ को उपधारा (२)श्री सुन्दर पुर्कुटी, काठमाडौंसदस्यराष्ट्रिय दलित आयोग
१३.संविधानको धारा २५८ को उपधारा (२)डा. राम कृष्ण तिमल्सेना, कास्कीअध्यक्षराष्ट्रिय समावेशी आयोग
१४.श्री पुष्पराज तिमिल्सिना, पर्वतसदस्यराष्ट्रिय समावेशी आयोग
१५.श्री मान प्रसाद खत्री, बझाङसदस्यराष्ट्रिय समावेशी आयोग
१६.संविधानको धारा २६१ को उपधारा (२)श्री सुर्य बहादुर गुरूङ, खोटाङसदस्यआदिवासी जनजाति आयोग
१७.संविधानको धारा २६२ को उपधारा (२)श्रीमती आभा कुमारी, सप्तरीसदस्यमधेशी आयोग
१८.संविधानको धारा २६३ को उपधारा (२)डा. उमाशंकर प्रसाद चौधरी, नवलपरासीसदस्यथारू आयोग
१९.श्री शान्ती मोदी, मोरङसदस्यथारू आयोग
२०.संविधानको धारा २६४ को उपधारा (२)श्री मोहम्मद समशुल हक, सर्लाहीसदस्यमुस्लिम आयोग
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *