बिमानस्थलबाट ल्यापटप चोरी गरेको अभियाेगमा एकजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गोदामबाट ११ थान ल्यापटप चोरी गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ परेका विष्णु अधिकारीलाई बिहीबार (आज) महानगरीय अपराध महाशाखाले सार्वजनिक गरेको छ ।

अधिकारी नेपाल वायु सेवाको लोडर रहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल—२ का अधिकारीले विमानस्थलको कार्गो कम्प्लेक्सको भन्सार गोदामबाट गत ७ गते ११ थान ल्यापटप चोरेका थिए ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले निवेदन दर्ता गराएपछि अनुसन्धान गरी चोरी गर्ने व्यक्ति अधिकारीलाई सार्वजनिक गरिएको महाशाखाका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *