सन्तोषी सुब्बा हत्याका अभियुक्त सार्वजनिक

काठमाडौं । विभिन्न पशुपंक्षीको आवाज निकालेर युट्यूबमा भाइरल बनेकी सन्तोषी सुब्बाको हत्या अभियोगमा पक्राउ परेका एकजनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिहीबार (आज) पत्रकार सम्मेलन गरी महानगरीय अपराध महाशाखाले सुब्बाको हत्या अभियोगमा पक्राउ परेका सुरेश तिमल्सिनालाई सार्वजनिक गरेको हो ।

यसअघि बुधबार (हिजो) सुब्बाको शव दक्षिणकालीको एक शौचालयबाट प्रहरीले बरामद गरेको थियो । प्रहरीकाअनुसार सुब्बाले बलात्कारको प्रतिवाद गर्दा उनको हत्या गरिएको हो । महाशाखका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङसहितको टोली दक्षिणकाली पुगेर अनुसन्धान थालेको थियो । विशेष खालको कुकुरसहित त्यहाँ पुगेको टोलीले हत्याको अभियोगमा तिमल्सिनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *