चट्याङले एकजनाको मृत्यु, चार घाइते

विराटनगर । मोरङको रंगेलीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । रंगेली नगरपालिका- ६ चोप्राहा नेवा टोलका २३ वर्षका नितेश रायको मृत्यु भएको हो ।

गम्भीर अवस्थामा रहेका रायको रंगेली अस्पतालमा उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ । घर नजिकै रहेको पिठारीको रुखमुनि बसिरहेको अवस्थामा दिउँसो परेको चट्याङमा परी अन्य ४ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा २६ वर्षीय रविन मण्डल, ५५ वर्षीय अशोक मण्डल, १७ वर्षीय विजय मण्डल र २५ वर्षीया संगिता यादव रहेका छन् ।

उनीहरुको रंगेली अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *