युट्यूबमा भाइरल सन्तोषी मृत फेला, हत्या गरिएको पुष्टि

काठमाडौं । विभिन्न पशुपंछीको आवाज निकालेर युट्यूबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या भएको छ । अपराध महाशाखा अनुसन्धानका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङकाअनुसार सुब्बाको हत्या भएको हो । ‘घटनाको प्रकृति हेर्दा हत्या नै हो,’ खापुङले भने— ‘थप अनुसन्धान हुँदैछ ।’

सुब्बाको शव बुधबार (आज) दक्षिणकालीको एक ट्वाइलेटबाट बरामद गरिएको हो । शव सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर चर्चामा आएकी सुब्बाको भएको पुष्टि भएको खापुङको बताए । ‘टाउकोमा गरुङ्गो वस्तुले हिर्काएको जस्तो देखिन्छ । अनुहार क्षतविक्षत भएको छ,’ खापुङले भनेका छन् ।

घटनालगत्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोली बोलाएर जाँच गरिएको थियो । प्रहरीले तालिम प्राप्त विशेषज्ञ कुकुर पनि घटनास्थलमा लगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *