त्रिविको खोप कार्यक्रम स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले तत्कालका लागि खोप कार्यक्रम स्थगित गरेको छ । मंगलबार शिक्षक र कर्मचारीलाई कोरोना भाइरसविरुद्ध खोप लगाएको त्रिविले खोप अपुग भएपछि कार्यक्रम नै स्थगित गरेको हो ।

कोटाभन्दा बढी माग भएको हुँदा खोप अपुग हुने देखिएकाले खोप कार्यक्रम स्थगित गरिएको परीक्षा नियन्त्रकद्वारा जारी सूचनामा उल्लेख छ । सम्बन्धित निकायमा खोपका लागि अनुरोध गरी छुटेका शिक्षक र कर्मचारीलाई छिट्टै खोप लगाइने सूचनामा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *