निम्बसद्वारा सहायता केन्द्रहरुलाई १० लाख मास्क वितरण

काठमाडौं । निम्बसले सहायता केन्द्रहरुलाई १० लाखभन्दा धेरै मास्क र स्यानिटाइजर सहयोग गरेको छ ।

निम्बसले अस्पताल, क्वारेन्टीन केन्द्र, स्वास्थकर्मी र स्वयंसेवकहरुलाई नेपालभरि १७२ ठाउँमा ५० भन्दा बढी संगठनहरुलाई निम्बसले १० लाखभन्दा धेरै मास्क र स्यानिटाइजर वितरण गरेको जनाएको छ ।

निम्बसको प्रबन्धनिर्देशक आनन्द बगरियाले भने, ‘आफ्नो ज्यानजोखिममा राखी यस महामारीविरुद्ध लड्नुहुने सबै जनाप्रति हामी कृतज्ञ छौं ।  हामी सबै मिलेमा मात्र विश्वभरि चुनौती बनेको यस महामारीलाई हराउन सक्नेछौं । हामी विभिन्न संस्था र सरकारसँग सहकार्य गरेर सहायतानपाएकाहरुलाई सहयोग गर्न चाहन्छौं ।’

निम्बसको यस स्वास्थ्य सामग्री बाँढ्ने कार्यलाई विभिन्न प्रतिष्ठित संस्थाहरु जस्तै नेपालप्रहरी पत्रकार महासंघ, माइती नेपाल, नेपाल मेडिकल संघ आदिले प्रशंसा गरेको जनाएको छ ।

कोरोना महामारीको विषम परिस्थितिमा पनि अग्रपंक्तिमा रहेर सेवा दिनेहरुलाई मास्क र स्यानिटाइजरजस्ता स्वास्थ्य सामग्रीहरु नेपालभरि नै उपलब्ध गराएर निम्बसले सहयोग गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *