क्लब हाउसमा प्रहरी अधिकृतको तस्बिर दुरुपयोग गर्ने पक्राउ

काठमाडौँ । क्लब हाउसमा नेपाल प्रहरीका अधिकृतको तस्बिर दुरुपयोग गरेको अभियोगमा भक्तपुरका एक व्यक्ति पक्राउ परेका छन् । प्रहरी अधिकृतको नाम र पोशाक दुरुपयोग गरेको अभियोगमा भक्तपुरका ईशान लामिछाने पक्राउ परेका हुन् ।

मंगलबार प्रहरीको साइबर ब्युरोले लामिछानेलाई पक्राउ गरेको हो ।

उनीमाथि प्रहरी सङ्गठनको छवि धमिल्याउने र सङ्गठनको अधिकृतको तस्बिर दुरुपयोग गरेर क्लबहाउसमा विभिन्न व्यक्ति जम्मा पारी अफवाह फैलाएको आरोप लगाइएको छ ।

अदालतमा पेस गरेर प्रहरीले लामिछानेलाई सात दिन हिरासतमा राख्ने अनुमति लिएको छ । पछिल्लो समयमा क्लब हाउसमा समूह बनाएर प्रहरी अधिकृतहरूको फोटो राख्ने क्रम बढेको थियो ।

ट्विटर प्रयोगकर्ताहरूले यसबारेमा जानकारी दिएपछि प्रहरीले यसबारेमा अनुसन्धान सुरु गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *