धनमाल लुटपाट गरेको अभियोगमा पक्राउ

काठमाडौं । सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा काठमाडौं तार्केश्वर बस्ने धादिङ घर भएका २४ वर्षीय रवि परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित सडकमा हिँडिरहेकी काठमाडौं म्हेपी बस्ने गोरखा धार्चे गाउँपालिका-५ घर भएकी ५० वर्षीया महिलाले घाटीमा लगाएको करिब २ तोलाको सुनको सिक्री लुटिएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले परियारलाई बसपार्कस्थित बिष्णुमती खोला छेउमा फेला पारी सिक्रीसहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-२६ म्हेपी पुल नजिक डेरा गरी बस्ने खोटाङ केपिलासगढी गाउँपालिका-१ घर भएका ३९ वर्षीय दिल कुमार राईको नगद १ लाख ५० हजार रुपैयाँ र १ थान मोबाइल सोमबार राति लुटपाट भएको छ ।

सडकमा पैदल हिँडिरहेको अवस्थामा अपरिचित १०/१२ जनाको समूहमा आएका व्यक्तिहरुले उनलाई कुटपिट गरी उक्त नगद तथा मोबाइल लुटी लगेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सोह्रखुटेबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा ५ जनालाई नियन्त्रणमा लिएको छ । घाइतेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *