भारतमा एकैदिन ८० लाखभन्दा धेरैलाई लगाइयो भ्याक्सिन

नयाँ दिल्ली । भारतमा एकैदिनमा ८० लाखलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । कुनै एउटा देशमा एकैदिनमा यतिधेरै खोप लगाइएको यो संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले दावी गरेका छन् ।

खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले सोमबार मात्रै ८० लाखलाई खोप लगाएको हो । ‘एकैदिनमा सवैभन्दा धेरै खोप लगाएको कृतिमान अहिले भारतले बनाएको छ, कोरोनाभाइरसविरुद्ध लड्ने हतियार यही नै हो, त्यसैले सो हतियार प्रयोगलाई भारतले उच्च प्राथमिकता दिएको छ,’ प्रधानमन्त्री नरेन्द्र मोदीले भने ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले अगाडि लेखेका छन्, ‘खोप अभियानमा सक्रिय योगदान गर्नुुभएका सवैप्रति म हार्दिक धन्यवाद ज्ञापन गर्दछु भने खोप लगाउनु भएका सवैलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।’

देशका प्रदेश तथा राज्यहरुमा एकैचोटी अहिले कोरोनाभाइरस विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ । त्यसैलेपनि एकैदिन यति धेरै मानिसले खोप लगाउन पाएका हुन् । हरेक १८ बर्ष माथिका व्यक्तिलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने नीति भारतले लिएको छ । १८ बर्षमा सवैलाई खोप लगाउने अभियान आजबाट सुरु भएको हो । यसअघि प्राथमिकता सूचीमा परेकाहरुलाई मात्रै खोप लगाउने व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *