ज्वाला संग्रौलासहित तीन जनालाई तीन दिन हिरासतमा राख्न प्रशासन कार्यालयको अनुमति

काठमाडौं । अभद्र व्यवहारको आरोपमा पक्राउ परेकी आफूलाई सामाजिक अभियान्ता बताउने ज्वाला सङ्ग्रौलासहित तीन जनालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले म्याद थप गरेको छ ।

आफूलाई सामाजिक अभियान्ता दाब गर्ने सङ्ग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइबालाई प्रहरीले आइतबार काठमाडौंबाट पक्राउ गरेको थियो ।

खुश्बु घिमिरेलाई अभद्र व्यवहार गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए ।

केही समयअघि सङ्ग्रौलाले प्रहरीमाथि नै रङ्गभेदी अभिव्यक्ति दिएकी थिइन् । उनीहरूविरुद्ध मधेसी आयोगमा गत बुधवार उजुरी परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *