१६ डिआइजीको सरुवा‚ को कहाँ पुगे ?

काठमाडाैं । गृह मन्त्रालयले १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरूवा गरेको छ । सोमबार गृहमन्त्रीस्तरीय निर्णयबाट डिआइजीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरूवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरोमा डिआइजी धिरजप्रताप सिंहको सरूवा भएको छ भने ब्युरोमा कार्यरत सहकुलबहादुर थापाको प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालयमा सरूवा भएको छ ।

त्यस्तै प्रदेश १ मा अरुणकुमार बिसीको सरूवा भएको गृह मन्त्रालयले जनाएको छ । उमेश रञ्जितकारको २ नम्बर प्रदेशमा सरूवा भएको छ ।

यसैगरी प्रकाशजंग कार्कीको बागमती प्रदेश, मुकुन्दराज आचार्यको लुम्बिनी प्रदेश, गणेशबहादुर ऐरको कर्णाली प्रदेश, रविन्द्रकुमार धानुकको विशेष ब्युरो, वसन्तकुमार पन्तको अख्तियार, प्रदेश १ का ईश्वरबाबाबु कार्कीको प्रधान कार्यालय योजना तथा अन्वेषण, उत्तमराज सुवेदीको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरूवा भएको छ ।

कसको सरूवा कहाँ ? 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *