पहिरोमा परी एक जनाको मृत्यु, एक घाइते

पाँचथर । पाँचथर याङवरक गाउँपालिका- २ मा पहिरोमा परेर एकजनाको ज्यान गएको छ । पहिरोसँगै आएको ढुंगाले लागेर याङवरक गाउँपालिका- २ लेखेवाका ५८ वर्षीय टेकनाथ धौरालीको ज्यान गएको प्रहरीले जनाएको छ ।

धौरालीको ढुंगाले लागेर घटनास्थलमा नै मृत्यु भएको छ भने सोही स्थानका ५२ वर्षीय खड्कबहादुर राई सामान्य घाइते भएका छन् ।

सोमबार बिहान नुवाखोलाबाट निकालिएको पानीको कुलो बनाउने क्रममा अचानक माथिबाट पहिरोसँगै आएको ढुंगाले लागेको सिमा प्रहरी चौकी च्याङथापुले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *