युरो २०२० : समुह चरणका अन्तिम खेलहरु बाँकी हुँदा कुन टिमको अवस्था के ?

काठमाडाैँ । युरो २०२० अन्तर्गत समूह चरणका अन्तिम खेलहरु आइतबारबाट सुरू भएका छन् । समुह चरणाका सुरुवातका दुई दुई खेलहरुबाट ३ टीमले मात्र लगातार जित निकाल्दै नकआउटमा स्थान बनाउन सफल भएका छन् । आइतबार भएको समूह ए को समुह चरणको तेस्राे चरणको खेलबाट थप एक टीमको टुंगो लागेको छ ।

हरेक समूहबाट शीर्ष दुई टोली अन्तिम १६ मा सोझै प्रवेश पाउँदा १२ टीमले समूहको विजेता र उपविजेताका रुपमा नकआउटमा स्थान बनाउने छन् । साथै ६ समूहका उत्कृष्ट तेस्रो मध्येबाट ४ टीम पनि नकआउट चरणमा पुग्नेछन् ।

इटाली, नेदरल्यान्ड्स र बेल्जियमले दोस्रो चरणबाटै नकआउटमा स्थान बनाए । आइतबारको तेस्रो चरणको खेलबाट वेल्सले पनि नकआउटमा स्थान बनायो । अन्य दाबेदार टीमका लागि भने तेस्रो चरण निर्णायक हुने छ । कतिपय अवस्थामा आफ्नोसँगै समूहका अरु टिमको खेलको नतिजा पनि कुर्नुपर्ने अवस्था छ । कुन-कुन समुहको अवस्था के ?

समूह ए
समूह ए बाट इटालीले समूह विजेताका रुपमा अघिल्लो चरणमा स्थान बनाउँदा उपविजेताका रुपमा वेल्सले नकआउटमा स्थान बनायो । इटालिले समुहमा टर्की र स्वीटजरल्यान्डलाई समान ३-० तथा वेल्सलाई १-० ले हराउँदै सतप्रतिशत नतिजा निकाल्यो । ९ अंक बनाएर इटालि पहिलो हुँदा पराजयका बाबजुत वेल्स अघिल्लो चरणमा पुग्यो । त्यस्तै टर्कीलाई पराजित गरेको स्विटजरल्यान्डको समेत उत्कृष्ट तेस्रो भएर अघिल्लोचरण पुग्ने सम्भावना बलियो छ । उसको ४ अंक छ ।

समूह बी
समूह बीबाट पनि बेल्जियमले रसियालाई ३-० तथा डेनमार्कलाई २-१ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरिसकेको छ । २ खेलमा ६ अंक बनाएको उसले अन्तिम खेलमा फिनल्यान्डसँग बराबरी मात्र गरेपनि समुह विजेता बन्नेछ ।

त्यस्तै फिनल्यान्डलाई १-० ले हराएको रसिया अन्तिम खेलमा डेनमार्कसँग जित निकाले नकआउट चरणमा पुग्ने  छ। बराबरी भएमा भने बेल्जियमले फिनल्यान्डलाई रोक्नुपर्नै छ । डेनमार्कलाई हराएको फिनल्यान्डलाई भने अघिल्लो चरण पुग्न बेल्जियमलाई पराजित गर्नु पर्नै छ । डेनमार्कका लागि भने दोस्रो स्थानमा रहेको रसियालाई पराजित गर्नैपर्नै छ भने बेल्जियमले फिनल्यान्डलाई फराकिलो अन्तरले हराउनु पर्ने बाध्यता छ ।

समूह सी
यो समूहमा नेदरल्यान्ड लगातार दुई जितसहित नकआउट चरणमा प्रवेश गरिसकेको छ । युक्रेनलाई ३-२ तथा अस्ट्रियालाई २-० ले हराएको नेदरल्यन्डका लागि मेसोडोनियासँगको खेल बराबरी मात्र गरे पनि समुह विजेता बन्ने छ । त्यस्तै म्यासोडोनियालाई हराएको युक्रेन र अस्ट्रियामध्ये विजेताले दोस्रो स्थान हासिल गर्नैछ । बराबरी भएमा भने गोल अन्तर निर्णायक हुने छ ।

समूह डी
समूह डी रोमाञ्चक अवस्थामा छ । स्कटल्यान्डलाई २-० ले हराएको चेक रिपब्लिकले क्रोएसियासँग बराबरी खेलेको छ । त्यस्तै क्रोएसियालाई १-० ले पराजित गरेको इंग्ल्यान्ड स्कटल्यान्डसँग बराबरीमा रोकिएको छ । त्यसैले चेक र इंग्ल्यान्डबिच बराबरी भए दुबै टीमले अघिल्लो चरणमा स्थान बनाउनेछन् । यदि इंग्ल्यान्डले जितेर स्कटल्यान्डले क्रोएसियालाई हराएको खण्डमा पनि चेक दोस्रो हुनेछ ।

तर इंग्ल्यान्डसँग पराजित भए र क्रोएसियाले राम्रो गोलअन्तरले जितेको खण्डमा भने चेक तेस्रो स्थानमा धकेलिने छ । इग्ल्यान्ड भने चेकसँग पराजित भए र स्कटल्यान्डले नजितेको अवस्थामा पनि अघि बढ्नेछ । यदि चेकविरुद्ध हारेर स्कटल्यान्डले फराकिलो अन्तरले जितेमा मात्र इंग्ल्यान्ड तेस्रो हुनेछ । तेस्रो स्थानमा रहेर पनि छनोट हुने सम्भावना बाँकी रहनेछ । आफु अनुकुल नतिजा आएमा इग्ल्यान्ड दोस्रो हुने सम्भावना पनि छ । स्कटल्यान्डका लागि पनि भने जित हासिल गर्दै तेस्रो स्थानमा पुग्ने संभावना छ । साथै चेकले इंग्यााबन्डलाई फराकिलो अन्तरले हराए र क्रोएसियालाई पराजित गरे दोस्रो स्थानमा पुग्ने संभावना रहन्छ ।

समूह ई
समूह ई को समिकरण पनि रोमाञ्चक छ । अंक तालिकामा चार अंक सहित शिर्ष स्थानमा रहेको स्वीडेनले स्लोभाकियालाई पराजित गरेको थियो भने स्पेनसँग बराबरी खेलेको थियो त्यसैले अन्तिम खेलमा पोल्यान्डसँग बराबरी खेलेमात्रै पनि स्विडेन नकआउट चरणमा पुग्ने छ ।

तर पराजित भएमा भने अन्य टोलीको नतिजा पर्खनुपर्ने छ । स्लोभाकियाले भने स्पेनलाई हराएमा मात्र नकआउटमा पुग्ने छ । स्लोभाकियालाई हराए स्पेनले पनि नकआउटमा स्थान बनाउने संभावना रहन्छ । तर पोल्यान्डलाई स्विडेनले बराबरी या पराजित गर्नुपर्ने हुन्छ । पोल्यान्डका लागि भने स्विडेनलाई हराएर स्लोभाकियाले स्पेनलाई पराजित गर्नुपर्ने हुन्छ ।

समूह एफ
ग्रुप अफ डेथका रुपमा रहेको समुह एफमा पोर्चुगलसँगको बराबरीले पनि फ्रान्सलाई नकआउटमा पुर्‍याउने छ। पोर्चुगलसँग पराजित भएमा अर्को खेलमा जर्मनी र हंगेरीले बराबरी खेलेमा पनि फ्रान्सको अघिल्लो चरणको संभावना रहन्छ। जर्मनीले भने हंगेरीलाई पराजित गरेमा नकआउटमा स्थान पक्का गर्नेछ। हंगेरीसँग बराबरी खेलेर फ्रान्सले पोर्चुगलाई रोकेमा पनि जर्मनीले अघिल्लो चरणमा स्थान बनाउने छ ।

पोर्चुगलले भने फ्रान्सलाई पराजित गरेमा नकआउटमा स्थान बनाउने छ । फ्रान्ससँग बराबरी खेले र अर्को खेलमा जर्मनी हारेमा पनि पोर्चुगल नकआउटमा पुग्ने छ । पोर्चुगलले हारेर जर्मनी पनि हारेको अवस्थामा भने समूह चरणबाट पोर्चुगल बाहिरिने छ । यस्तो अवस्थामा हंगेरी अघिल्लो चरणमा प्रवेश गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *