मेलम्ची अपडेट : ३ जनाको शव भेटियो, १७ जना सम्पर्कविहीन

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ । अविरल वर्षासँगै आएको बाढीमा परी अन्य १७ जना सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।

चिनियाँ नागरिकद्वय गोङ टियान छियो र यु चि झु र भारतीय नागरिक कमल लोचन महतोको शव बाढीका विभिन्न क्षेत्रमा भेटिएको प्रशासनले जनाएको छ । यस्तैगरी नेपाली, चिनियाँ र भारतीय गरी १७ जना सम्पर्कमा नआएको प्रजिअ अरुण पोखरेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

यसैगरी ५ जना घाइते रहेका छन् भने एक जना चिनियाँ नागरिक उपचारपश्चात् फिर्ता भएका छन् । अन्य ८० जनाको नेपाली सेना, प्रहरी तथा सशस्त्रले उद्धार गरेका छन् । उनीहरुको अवस्था हेरेर विभिन्न अस्पतालहरुमा उपचार गरिँदैछ ।

०३:४५ बजे प्रशासनले अद्यावधिक गरेको जानकारीअनुसार विपद्मा परेकाहरुका लागि भन्दै गृह मन्त्रालयले १०० टेन्ट, २५० त्रिपाल र ५० स्लिपिङ्ग ब्याग उपलब्ध गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *