सवारी पास किर्ते गरी प्रयोगमा ल्याउने पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका-१३ एकान्तकुनास्थित सडकबाट सवारी पास किर्ते गरी प्रयोगमा ल्याएको अभियोगमा २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खोटाङ मुझावागढी नगरपालिका-११ घर भएका २३ वर्षीय दिनेश गुरुङ र २८ वर्षीय अम्बर गुरुङ रहेका छन् ।

उक्त सडकमा विना पासका सवारी साधन जाँच गर्ने क्रममा अम्बरले चलाएको बा.८१ प ७९३ नम्बरको मोटरसाइकल र दिनेशले चलाएको प्रदेश १-०२-९०४० प ८६११ नम्बरको मोटरसाइकल जाँच गर्दा उनीहरुले एकै कार्यालय तथा सिरियल नम्बर भएका सवारी पास देखाई एकै नम्बरको सवारी पासमा फरक फरक नाम राखी सरकारी छाप, दस्तखत किर्ते गरी सवारी पास बनाई प्रयोगमा ल्याएको पाइए पश्चात उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर लिखत (किर्ते) सम्वन्धी कसुर मुद्दामा जिल्ला अदालत ललितपुरबाट ४ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *