तारकेश्वरबाट नक्कली ‘डीएसपी’ समातिए

काठमाडौं । आफूलाई नेपाल प्रहरीको डाक्टर/मेडिकल प्रहरी नायब उपरीक्षक (डीएसपी) बताउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका-६, जरंखु बस्ने ४४ वर्षीय कृष्णप्रसाद ढुंगाना छन् । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनले आफू ‘मेडिकल डाइरेक्टर हुँ’ भन्दै मेडिकल फर्म सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले नेपाल प्रहरीका कर्मचारीलाई सशस्त्र प्रहरीको डीएसपी र सशस्त्र प्रहरीका कर्मचारीलाई नेपाल प्रहरीको डीएसपी बताउने गरेका थिए । उनले नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षकको पोसाक लगाएको फोटो आफ्नो फेसबुक प्रोफाइलमा राखेका थिए ।

उनले तारकेश्वर नगरपालिकामा भिक्टोरिया फार्मेसी सञ्चालन गर्दै आएको र त्यहीँबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । कोही व्यक्ति पक्राउ परेका ढुंगानाबाट पीडित भएको भए महानगरीय अपराध महाशाखामा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *