उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो, कुन क्षेत्र कहिले खुला ?

काठमाडाैँ । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो बनाइएको छ । काठमाडौँ उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहित आइतबार बसेको बैठकले केही खुकुलो पार्ने निर्णय गरेको हो ।

आजबाट लागू भएको पछिल्लो आदेश अब दैनिक उपभोग्य वस्तु किनबेच बिहान ११ बजेसम्म खुला हुनेछ । वाणिज्य/विकास बैंक, वित्त संस्था निर्वाध तथा सहकारी र रेमिट कम्पनी आइतबार र बिहीबार खुला गर्न सकिने आदेशमा उल्लेख छ ।

यस्तै पुस्तक पसल र प्रिन्टिङ प्रेसल बिहान ११ बजेसम्म खुल्नेछन् । अत्यावश्यक सेवा (औषधि तथा स्वास्थ्य उपकरण, अक्सिजन सिलिन्डर) कृषि/मलखाद/बीउ तथा खाद्यान्न सामग्री ढुवानीका कार्यालय (ढुवानी गर्दा मात्रै) खुला रहनेछन् । अनलाइन तथा टेक-अवे सेवा, होम डेलिभरी साँझ ७ बजेसम्म खोल्न पाइनेछ ।

तर तोकिएका र अनुमतिबाहेकका सार्वजनिक तथा निजी सवारीसाधन, शैक्षिक संस्था, सभा/सम्मेलन, जुलुस, सिनेमा हल, मठमन्दिर (नित्यपूजाबाहेक) लगायतमा निषेधाज्ञा यथावत् रहनेछ ।

हेर्नुहोस् नयाँ आदेश :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *