कोभिड-१९ महामारीमा नेतृत्व र सञ्चार

कोभिड-१९ महामारीबाट हामीले धेरै पाठ सिक्यौँ । तीमध्ये सबैभन्दा महत्त्वपूर्ण पाठ भनेको प्रभावकारी राष्ट्रिय नेतृत्व र स्पष्ट, सुसंगत सञ्चारको आवश्यकता हो । कोरोना महामारीको प्रतिकुल परिस्थितिमा पनि जुन देशले कुशल ढंगबाट यसको सामना गरे, उनीहरूसँग यी दुवै कुराको कमी थिएन ।

अन्तरराष्ट्रिय समाचार संस्था ‘द टाइम’ले गरेको एक सर्वेक्षणमा समावेश गरिएका विभिन्न ‘क्याटेगोरी’मा दिइएको औसत पाँच अंकमध्ये ‘नेतृत्व र सार्वजनिक सञ्चार’लाई प्राथमिकतामा राख्नुपर्ने भन्दै सबैभन्दा धेरै ४ अंक प्राप्त भएको थियो । जसमध्ये संघ, प्रदेश र स्थानीय तहको क्षेत्राधिकारसमेतका लागि विश्वासयोग्य, सबल र संघीय रुपले समन्वित प्रतिक्रियालाई सुनिश्चित गर्नुपर्नेमा अत्यधिक मत आएको थियो । यस रणनीतिक महत्वलाई कसैले पनि अतिरञ्जित गर्नु हुँदैन ।

अमेरिकाजस्ता देशलाई रोग नियन्त्रण गर्न ५० राज्यले मास्क र परीक्षण किटहरूको आपूर्ति गर्न ५० वटा छुट्टाछुट्टै नियम बनाउनुपर्ने कुनै आवश्यकता नै छैन । यस्तो खण्डित दृष्टिकोणले झन् अपर्याप्तता र दुविधातर्फ उन्मुख गराउनुका साथै संक्रमण नियन्त्रण गर्न अस्तव्यस्तता र असमर्थता सिर्जना गर्छ ।

भविष्यमा आइपर्न सक्ने स्वास्थ्य संकटलाई कम गर्न नेतृत्व र सञ्चार रणनीति:
सन् २०२१ मे मा दर्जनौँ विज्ञले १ देखि ५ को अंक तालिकामा प्राथमिकता र सम्भाव्यताको अध्ययन गर्दै महामारीको तयारी रणनीति बनाए । जसमा देखाइएको थोप्ला (डट्)ले हरेकको औसत स्कोरहरू देखाउँदछ ।

नेतृत्व र सञ्चार

सार्वजनिक स्वास्थ्य संकटका बेला के हुनु आवश्यक छ ? संघीय सरकारले सुस्पष्ट लक्ष्य र प्रामाणिक नीति निर्देशनसहित राष्ट्रिय खाका (रोडम्याप) को बनाउनुपर्छ । यस्तो खाकाले स्थानीय स्वायत्ततालाई सीमित गर्नुको साटो निश्चित क्षेत्रका व्यक्तिलाई उक्त क्षेत्रको आवश्यकताअनुसारको विकास गर्न अधिकारसम्पन्न बनाउँछ । एक पूर्व स्थानीय स्वास्थ्य अधिकारीको रुपमा म यो कुराचाहिँ भन्न सक्छु कि अहिले स्थानीय तहका स्वास्थ्य विभागहरू क्रमशः कर्मचारीविहीन हुँदै गइरहेका छन् । वैज्ञानिक रिपोर्टहरूको विश्लेषण गर्ने र ती रिपोर्टलाई नीति नियममा ढालेर कार्यान्वयन गर्न ती विभागहरू असमर्थ छन् । यस विषयमा कुनै निर्णय लिनुपर्‍यो भने उनीहरूलाई केन्द्रको निर्णय कुर्नुपर्ने बाध्यता छ । यदि यो विषयमा निर्णय गर्ने जिम्मा स्थानीय तहलाई दिए उनीहरूले आफ्नो स्थानीय तहको परिवेशअनुसार मापदण्ड निर्धारण गर्दछन् । परिस्थिति जटिल बन्दै गएमा स्थानीय तहले व्यापार बन्द गर्न लगाउने र घरमै बस्ने आदेश दिन सक्छ ।

यो सर्वेक्षणले विश्व स्वास्थ्य संगठनको नियामक निकाय सुधार गर्दै विश्वव्यापी स्वास्थ्य प्रशासनलाई प्राथमिकतामा राख्दछ, जसले गर्दा यसबाट विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रहरूमा विश्वव्यापी स्वास्थ्य नीति लागू गर्न सक्छ । अहिलेको अवस्थालाई मध्यनजर गर्दै विश्वव्यापी स्वास्थ्य निकाय (प्रशासन) बनाइनु जरूरी छ, तर यस्तो प्रतिकूल परिस्थितिमा कस्तो कदम चाल्न जरुरी छ भन्ने कुराको निर्धारण र निर्क्यौल गरी त्यसलाई तत्काल लागू गर्नुपर्छ ।

यसो गर्नाले हरेक तहका सरकारले त्यहाँका विषयलाई आफ्नै मातहतमा राख्न सक्छन् । त्यसो हुँदा प्रथमतः महामारीलाई मूल्यांकन गर्दै स्थानीय सार्वजनिक स्वास्थ्य पूर्वाधारमा आवश्यक रकम विनियोजन गर्न पनि सकिन्छ । दोस्रो, उनीहरूले अन्तर्राष्ट्रिय रुपमा आएको वैज्ञानिक समन्वयलाई सुदृढ गरी कोभिड-१९ विरुद्ध सुरक्षित र प्रभावकारी खोपको तीव्र विकासमा समेत सहयोग गर्न सक्छन् । तेस्रो, इच्छुक देशहरूले पारदर्शिता, पारस्परिक सहायता र साझेदारीका लागि बहुराष्ट्रिय सम्झौता गर्न सक्छन् ।

विश्वव्यापी जनस्वास्थ्य सुधार स्थानीय स्तरबाटै सञ्चालन गरिनुका साथै यसलाई कोभिड-१९ महामारीबाट महत्वपूर्ण पाठ सिकेका नेताहरूद्वारा सञ्चालन गरिनुपर्छ । यदि हामी सुधार हुनैपर्ने प्रमुख कारकका विषयमा सहमत हुन सक्छौं भने अब आउने त्रासदी रोक्नका लागि चाल्नुपर्ने कदममा पनि सहमत हुनुपर्ने हुन्छ ।

(विश्वप्रसिद्ध पत्रिका टाइमको यो सामग्री नेपाली परिवेशमा पनि अनुकरणीय हुने ठानेर अनुवाद गरिएको हो ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *