पानीमा डुबेर दुई बालिकाको मृत्यु

विराटनगर । सुनसरीमा पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । ईनरुवा नगरपालिका- ७ का प्रदीप दनुवारकी २ वर्षीया छोरी प्रशंसा दनुवार खेल्ने क्रममा घर अगाडि रहेको नहरमा डुबेकी हुन् ।

उनको विराट मेडिकल कलेज टंकीसिनवारीमा मृत्यु भएको हो । त्यस्तै सुनसरीकै बराहक्षेत्र नगरपालिका- ५ ठिकी टोलका भरत अधिकारीको १८ महिनाकी छोरी आश्मा अधिकारी आफ्नै घर छेउमा खेल्ने क्रममा बाल्टिनको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेहोस अवस्थामा रहेकी बालिकाको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *