पूर्वप्रधानमन्त्री खनाल अस्वस्थ, नर्भिक अस्पताल भर्ना

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि खनाललाई सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

केही दिनदेखि लगातार ज्वरो आएको थियो भने रगतमा हेमोग्लेविनको मात्रा कम भएको छ । खनाल बिहान पौने ८ बजे आकस्मिक कक्षमा भर्ना भएको नर्भिक अस्पताल अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले मकालु खबरलाई जानकारी दिए । उनका अनुसार स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको छ ।

उनको अवस्था अहिले सामान्य रहेको पनि प्रवक्ता बाँस्तोलाले बताए । ‘चार पाँच दिनदेखि ज्वरो आएर उहाँ अहिले अस्पतालको इमर्जेन्सीमा भर्ना हुनु भएको छ,’ उनले भने, ‘जाँच चलिरहेको छ । उहाँलाई रगतको कमी देखिएको प्रारम्भिक जाँचमा देखिएको छ ।’

खनाललाई यसअघि कोरोना भएको थियो । कोरोनामुक्त भएपछि अस्पतालबाट घर फर्केर खनाल आराम गरिरहेका थिए । उनलाई पुनः स्वास्थ्यमा समस्या देखिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *