पूर्वसांसद अधिकारीको निधन

काठमाडाैँ । पूर्वसांसद तथा नेपाली कांग्रेस लमजुङका पूर्वसभापति हरिभक्त अधिकारीको निधन भएको छ ।

कोभिड संक्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार गराइरहेका अधिकारीको उपचारकै क्रममा आइतबार राती ११ बजे निधन भएको लमजुङ-काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले जानकारी दिए ।

अधिकारीलाई सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायत स्वास्थ्य समस्या देखिएको थियो । अधिकारी २०५६ सालमा लमजुङ क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

विस १९९८ पुस २१ गते लमजुङको दुराडाँडामा जन्मिएका अधिकारीका श्रीमति दूई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *